सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी पत्नी नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर, के हुन्छ कारवाहि ?

  बिहिबार २७, असार २०८१ १९:३९

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी गीता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छिन् । नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर शिक्षकको जागिर खाएको दाबीसहित उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

सोडारीलाई दोषी ठहर गर्दै ६ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको छ । 

विषेश अदालतका प्रवक्ता धन बहादुर कार्कीले गीता सोडारी दोषी ठहर भएको र उनलाई ६ महिना कैद र १० हजार जरिवाना गरिएको बताए । गीताका विरुद्ध विषेश अदालतमा दर्ता भएको मुद्धामा कैद र जरिवाना माग दाबी गरिएको थियो । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित झुट्टा प्रमाणपत्र पेश गरी भष्टाचारको कसुर गरेको देखिदा निज शिक्षक गिता सोडारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी गरिएको थियो । 


नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षकको जागिर खाएको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बिशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको हो ।

गीता धनगढी-९ स्थित शिव माविमा शिक्षिका थिइन् । उनले बोर्ड अफ सेकेण्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा पास गरेको प्रमाणपत्र पेश गरेको बताइएको छ ।

उनीविरुद्ध २०७९ असोज पहिलो साता मुद्दा दायर भएको थियो । उनका पति सोडारी नेकपा एसका नेता हुन् ।

clock बिहिबार २७, असार २०८१ १९:३९

प्रतिक्रिया