बैतडीका पत्रकार विष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

  बुधबार २६, असार २०८१ १५:२६

बैतडी । बैतडीका क्रियाशिल पत्रकार विनोद सिंह विष्ट युवा पत्रकारिता पुरस्कार–२०८१ बाट सम्मानित भएका छन् ।   नेपाल सरकार,युवा तथा खेलकुद मन्त्रालयले  विष्टलाई नगद ५० हजार पुरस्कारसहित सम्मान गरेको हो ।
 
राष्ट्रिय समाचार समिति (रासस) का बैतडी समाचारदाता विष्टलाई सिंहदरबारमा बुधबार एक कार्यक्रमको आयोजना गरेर मन्त्रालयका सचिव सुमनराज अर्यालले  खादा,प्रमाणपत्र र नगदसहित सम्मान गरेका हुन । 

युवा सरोकारका विषयमा नेपाली छापा पत्रपत्रिका,रेडियो र अनलाईन समेतबाट समाचार सम्प्रेषण गरी युवा विकासमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै  पत्रकार विष्टलाई नगद  ५० हजार पुरस्कारसहित सम्मान गरिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले पुरस्कारका लागि गत माघमा आवश्यक कागजपत्रसहित आवेदन  आह्वान गरेकोमा र देशभरबाट आएका आवेदनमध्ये मन्त्रालयले गरेको मूल्यांकनको आधारमा विष्ट पुरस्कारको लागि छनौट हुनुभएको थियो  । 

पत्रकार महासंघ बैतडीका सहसचिव समेत रहनुभएका विष्टले उक्त पुरस्कार पाएपछि  खुसी व्यक्त गर्दै पुरस्कारले पत्रकारिता पेसाप्रति थप जिम्मेवार बनाउनुका साथै पेसामै रहिरहन उर्जा मिलेको बताए । 

बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका पत्रकार विष्ट विगत १३ वर्षदेखि पत्रकारिता पेशामा क्रियाशिल रहनुभएको छ ।

clock बुधबार २६, असार २०८१ १५:२६

प्रतिक्रिया