कैलालीका एक किशोर नदीमा डुबेर बेपत्ता

  सोमबार २४, असार २०८१ ०७:४३

धनगढी । कैलालीका एक किशोर नदीमा डुबेर बेपत्ता भएका छन्।

जिल्लाको कैलारी गाउँपालिका–९ गदरियाका १७ वर्षीय अजय राना आइतवार डुबेर बेपत्ता भएका हुन्। 

राना सोही ठाउँको भुररा नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ। 

उनको खोजतलास भईरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ।

clock सोमबार २४, असार २०८१ ०७:४३

प्रतिक्रिया