कांग्रेस– एमालेद्वारा मुख्यमत्री सोडारीको राजीनामा माग

  सोमबार २४, असार २०८१ ०५:५८

धनगढी । आइतवार संयुक्त विज्ञप्ति जारी गर्दै काङ्ग्रेस संसदीय दल र एमाले संसदीय दलले मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेको हो। 

केन्द्रमा भएको समीकरण परिवर्तनसँगै एमालेले सोडारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको र सोडारी सरकार कामचलाउ भइसकेको भन्दै राजीनामा दिएर मार्ग प्रसस्त गर्न सुझाव दिइएको छ।

’मुख्यमन्त्री पदबाट राजीनामा दिई अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्न यसै प्रेस विज्ञप्ति मार्फत मुख्यमन्त्री सोडारीलाई अनुरोध गर्दछौँ। काँङ्ग्रेस संसदीय दलका नेता कमल शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिङ रावलले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ,’ ।

बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरु सम्पादन नगर्न र नगराउन समेत आग्रह गरेको छ । एमाले माओवादी नेकपा एकीकृत समाजवादी नाउपा रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्री बनेका सोडारी असार २० गते एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका छ।

clock सोमबार २४, असार २०८१ ०५:५८

प्रतिक्रिया