पहिरोमा पुरिएर प्रधानाध्यापक नवराज पनेरूको निधन

  आइतबार २३, असार २०८१ १८:०४

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–३ भिरकोटमा रहेको आदर्श ज्योति प्राविका प्रधानाध्यापक नवराज पनेरूको निधन भएको छ।

पहिरोमा परेर परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय पनेरूको मृत्यु भएको हो। शनिवार दिउँसो ४ बजेतिर खानेपानीको मुहान सफा गर्न भातगाडास्थित खानोपनीको मुहानमा पुगेका पनेरु माथिबाट आएको पहिरोमा परेका थिए।

उनको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ। माथिबाट आएको ढुङ्गाले पनेरुको खुट्टा र ढाडमा चोट लागेको थियो।

इलाका प्रहरी कार्यालय जोगबुढाको प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको जनाइएको छ।

clock आइतबार २३, असार २०८१ १८:०४

प्रतिक्रिया