घाँस काट्न गएकी डोटीकी महिला मृत फेला

  आइतबार २३, असार २०८१ १५:०३

दिपायल । डोटीमा घाँस काट्न गएकी महिला मृत अवस्थामा फेला परेकी छीन् । जिल्लाको दिपायल सिलढी नगरपालिका –७ पाकरीकन ४८ वर्षीया चन्द्रा विष्ट मृत अवस्थाान गाउँनजिकको जङ्गलमा फेला परेकी हुन ।

स्थानीय हिक्मतबहादुर विष्टका अनुसार चन्द्रा शनिबार बिहान ११ बजेतिर घाँस काट्न भनेर घरबाट निस्केकी थिइन् । साँझ ७ बजेसम्म घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए । खोजीकार्यका लागि प्रहरीलाई राति ९ बजे खबर गरिएको थियो । 

आइतबार बिहान चन्द्राको शव घरभन्दा आधा घण्टाको दूरीमा रहेको जङ्गलमा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

शव जङ्गलमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।

clock आइतबार २३, असार २०८१ १५:०३

प्रतिक्रिया