बाजुरामा पहिरोमा पुरिएर ७० बाख्रा मरे

  शनिबार १५, असार २०८१ २१:५०

बाजुरा । बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नम्बर –२ कोटी चौकामा रहेको बाख्रीगोठमा पहिरो आउँदा ७० बाख्रा पुरिएर मरेका छन् ।

गत शुक्रबार राति आएका अविरल वर्षातका कारण बाख्री गोठमाथिबाट एक्कासि आएको पहिरोले पुरेपछि गोठमा रहेका ७० बाख्रा मरेको हुन् ।

पहिरोले पुरेर यहाँका गोरखराज बोहराका ४० जर्म बोहराका १० र जीवन बोहराका २० गरी ७० वटा बाख्रा पहिरोले पुरेर मरेको हिमाली गाउँपालिका९२ का स्थानीय गोरखराज बोहराले बताए ।

उनले भने, “गोठमा रहेको ८० बाख्रामा १० वटा बाख्रा सकुशल रहेको छन् । अन्य ७० वटा बाख्रा पहिरोमा पुरेर मरेका हुन् ।”

गाउँमै केही व्यवसाय गरेर खानु पर्छ भने बाख्रा पालेर गाउँमा बसेको थिए । गएराति पानी परेको बेलामा एक्कासि पहिरो आएको सबै बाख्रालाई मरेपछि अब के व्यवसाय गरेर बस्ने स्थानीय बोहराले बताए ।

हिमाली गाउँपालिका(२ को कोटीमा आएको पहिरोले ७० वटा भेडा मरेको भन्ने खबर आएपछि अहिले त्यो ठाउँमा प्रहरीका टोली पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

clock शनिबार १५, असार २०८१ २१:५०

प्रतिक्रिया