भारतमा सडक दुर्घटनामा परेर बैतडीकी दुर्गाको मृत्यु

  मङ्गलबार ११, असार २०८१ ०८:१२

बैतडी । भारतमा सडक दुर्घटनामा परेर बैतडीकी दुर्गा साउँदको मृत्यु भएको छ।

बैतडीको सिगास गाउँपालिका–७ न्वाघर घर भई हाल रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेकी साउँदको सडक दुर्घटनामा परेर मृत्यु भएको हो।

सोमवार दिउँसो ४ बजेतिर ट्राफिक सिग्नल पार गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मृत्यु भएको उनका आफन्तले बताए।  

विगत चार वर्षदेखि रोजगारीका लागि श्रीमान प्रेम साउँदसंगै बेंगलोरमा रहेकी दुर्गाको मृत्यु भएको हो। मृतक साउदको एक छोरा रहेको बताइएको छ।

clock मङ्गलबार ११, असार २०८१ ०८:१२

प्रतिक्रिया