धनगढीमा पत्रकारहरूसँग अन्धविश्वासबारे समालोचनात्मक बहस

  शनिबार ०८, असार २०८१ २१:४३

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पत्रकारहरूसँग अन्धविश्वासबारे समालोचनात्मक बहस सम्पन्न भएको छ ।

सामाजिक कुप्रथाबारे लेखिएको शल्यक्रियाका लेखक सञ्जय खड्का र पत्रकार समेत रहेकी लोग्शरी कुँवरको उपस्थितिमा प्रेस क्लब धनगढीले कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा धनगढीमा क्रियाशिल पत्रकारहरूको सहभागीता रहेको थियो ।

लेखक खड्काले कुरिति, कुसंस्कार र अन्धविश्वासका कारण समाज विकासमा अवरोध सिर्जना भइरहेको भन्दै त्यसबारे आवाज बुलन्द गर्न आवश्यक रहेको बताए ।

उनले खोजी पत्रकारिताको माध्यमबाट यस्ता कुरिती, कुसंस्कारको भण्डाफोर गरि उजागर गर्न पनि आग्रह गरे । शल्यक्रियामा समाजमा व्याप्त बोक्सी लगायतका महिलामाथि हुने कुसंस्कार र कुप्रथाको चिरफार गरिएको छ ।

clock शनिबार ०८, असार २०८१ २१:४३

प्रतिक्रिया