जोशीपुर गाउँपालिकामा अध्यक्ष देखी स्वकियलाई हवाई सुबिधा, बिकासे बजेटमा अध्यक्षको होटेल मस्ती

  शुक्रबार ०७, असार २०८१ ०७:३०

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकाले पालिका अध्यक्ष, वडा अध्यक्ष तथा स्वकिय सचिवलाई समेत हवाई भाडा वाफतको भुक्तानी दिदै १३ लाख बढी बजेट अनियमितता गरेको छ । आर्थिक बर्ष २०७९र८० को महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख भए अनुसार गाउँपालिकाले ऐन बिपरित हवाई टिकट, भ्रमण खर्च, आर्थिक सहायतामा १३ लाख बढी सकेको छ ।

गाउँपालिकाले स्वकिय सचिव छेदुलाल चौधरीको प्लेन टिकट १३ हजार ७ सय, भजनी जलपा मिडियालाई पान बिलमा बिस हजार मात्र भुक्तानी गर्नुपर्नेमा १ लाख ६३ हजार ४ सय २ बढी भुक्तानी, वडा अध्यक्ष राम जनम चौधरी काठमाण्डौँ गएको भ्रमण भत्ता वाफत ४५ हजार भुक्तानी दिएको छ । यस्तै सवारी साधन मर्मत शिर्षकमा सिधै अध्यक्ष चित्र बहादुर चौधरीको खातामा ८ हजार ५ सय रकम भुक्ताती गरी समे रकम अनियमितता गरेको छ ।

गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको होटेल बिल २१ हजार, वडा अध्यक्षहरु काठमाण्डौँ गएको हवाई बिल बम बहादुर शाहका नाममा १५ हजार, रेणु कुमारी डगौराका नाममा १४ हजार ३ सय ५०, अनर कुमार चौधरीका नाममा १४ हजार ३ सय ५० भुक्तानी भएको छ । यस्तै वडा अध्यक्ष रामचन्द्र चौधरीले काठमाण्डौँ गएको हवाई भाडा १४ हजार ३ सय ५०, रामचन्द्र चौधरीलेनै काठमाण्डौँ टिकट वाफत ७ हजार ५ सय भुक्तानी लिएका छन् ।

यस्तै एस डि एफ अफसेटलाई १ लाख भन्दा बढी सोझै खरिद गरी १ लाख ३४ हजार ८ सय ५० भुक्तानी, स्थानिय सरकार सञ्चालन ऐन २०७४ मा आर्थिक सहायता, चन्दा दिन नमिल्ने भएपनि गाउँपालिकाले सो शिर्षकमा ४ लाख ९९ हजार ६ सय भुक्तानी गर्दै रकम अनियमितता गरेको महालेखाले जनाएको छ ।

यस्तै धार्मिक तथा सांसकृतीक सहायता नाममा गाउँपालिकाले ३ लाख ५१ हजार ४ सय ५० रुपयाँ खर्च गरेको छ । सो रकम सहित १३ लाख ३ हजार ५२ रुपयाँ अनियमितता भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यस्तै गाउँपालिकाका अ।हे।ब श्याम प्रसाद चौधरीलाई दैनिक भ्रमण भत्ता वाफत २ हजार बढी भुक्तानी भएकोमा समे रकम अशुल गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यस्तै गाउँपालिकाले कार्य सञ्चालन निर्देशिका बिपरित कर्मचारीहरुलाई अनुगमन भत्ता वितरण गरेको छ । गाउँपालिकाले च्याउ खेती तालिमको अनुगमन गरे वाफत ७ जनालाई ८ हजार ९ सय २५, रोजगार सेवा साखाबाट योजनाहरु अनुगमन गरे वाफत १६ जनालाई ५७ हजार ३ सय ७५, पशुपालन सम्बन्धी तालिमको अनुगमन गरे वाफत ५ जनालाई ६ हजार ३ सय ७५, प्याड बनाउने तालिम अनुगमन गरे वाफत ४ जनालाई ७ हजार ६ सय ५०, अपागंता भएका ब्यक्तीहरुको चाउमिन बनाउने तालिम अनुगमन गरे वाफत ५ जनालाई ८ हजार ५ सय गरी ८८ हजार ८ सय २५ अनुगमन भत्ता वितरण गरेको छ । महालेखाले सो रकम अनियमितता भएको ठहर गरेको छ ।

सुदुरपश्चिम प्रदेशको स्थानिय सरकार सञ्चालन ऐन २०७५ मा स्थानिय तह प्रमुख तथा उप प्रमुखले स्वकिय सचिव तथा सल्लाहकार राख्न पाउने ब्यवस्था गरेको छैन । जोशीपुर गाउँपालिकाले भने अध्यक्ष र उपाध्यक्षको स्वकिय सचिवका नाममा १ लाख ३३ हजार ४ सय ७० रुपयाँ भुक्तानी गरेको छ । महालेखाले सो रकमपनि अनियमितता भएको जनाएको छ ।

clock शुक्रबार ०७, असार २०८१ ०७:३०

प्रतिक्रिया