संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

  बुधबार ०५, असार २०८१ १०:०७

काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । 

प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् । स्रोतका अनुसार उनी आफैंले आफैंलाई गोली हानेका हुन् । 

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि उनले गोली हानेर आत्महत्या गरेको बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

clock बुधबार ०५, असार २०८१ १०:०७

प्रतिक्रिया