विश्व रक्तदाता दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै, सर्बाधिक रक्तदाता सम्मानित

  शुक्रबार ३२, जेठ २०८१ १८:०१

कैलाली । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिनका रुपमा पनि मनाउने गरिन्छ ।

यस वर्ष ‘रक्तदान उत्सवको दुई दशकस् सबै रक्तदाताहरूलाई धन्यवादु भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ ।

नाराले जीवनपर्यन्त रगतको आवश्यक पर्ने बिरामीलाई रगतदिने दातालाई धन्यवादको  महत्वलाई दर्शाएको छ । यसले नियमितरुपमा रगतदान गर्ने  दाता मार्फत दिगो र सुरक्षित आपूर्तिको महत्वबारे समेत चर्चा गरेको छ ।

यही अवसरमा देशभरका विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेको छ ।

सर्बाधिक रक्तदाता सम्मानित र रक्तदान

दिवसकै अवसर पारेर धनगढी जेसिज र वाल्मीकि इन्टरनेशनल स्कुलले धनगढीमा रक्तदानको कार्यक्रम आयोजना गरेका छन । 

धनगढी जेसिजले आयोजना गरेको रक्तदान कार्यक्रममा प्रदेशमै सबैभन्दा धेरै १०५ पटक रक्तदान गरेको भन्दै स्वयंसेवी रक्तदाता तथा नेपाली हेडलाईनका सह(सम्पादक दीपक उपाध्यायलाई सम्मानित गरेको छ । 

त्यस्तै दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढीले रक्तदान गर्ने विभिन्न संघसंस्थाहरुलाई प्रमाणपत्र प्रदान गरेको छ ।

clock शुक्रबार ३२, जेठ २०८१ १८:०१

प्रतिक्रिया