गोदावरीमा मेयर सहित सवारी भाडाको नाममा झण्डै १२ लाख स्वाहा
धनगढी । गोदावरी नगरपालिकाले सवारी साधन भाडाका नाममा अनावश्यक खर्च गरेको पाइएको छ । कैलालीको गोदावरी नगरपालिकाले २०६९ फागुनदेखि २०८० जेठ १७ गतेसम्म कार्यालय र नगरप्रमुख बिरेन्द्र भट्टको सवारीसाधन भाडा वाफत झण्डै १२ लाख रुपैयाँ खर्च गरेको पाइएको हो।
नगर प्रमुख भट्टको सवारी भाडामा ११ लाख ८१ हजार २५० रुपैयाँ राज्यकोषको रकम खर्च गरिएको छ। यो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ (११) विपरीत गरिएको खर्च रकम हो।
सरकारी रकम खर्च गर्दा वा कुनै आर्थिक कारोबार गर्दा कार्यालय प्रमुखले सरकारी रकमको हिनामिना हानी नोक्सानी वा वापरबाही हुन नपाउने गरेर सरकारी सम्पत्ति नगद, जिन्सी सुरक्षित राख्न उचित प्रबन्ध मिलाउनुपर्ने सो नियमावलीमा उल्लेख छ। तर गोदावरी नगरपालिकाले भने कार्यालय प्रयोजन र नगरप्रमुखको प्रयोजनको नाममा ११ लाख ८१ हजार २५० रुपैयाँ खर्च गरेको छ।
कार्यालय प्रयोजनको नाममा एक महिनामा ८८ हजार २ सयका दरले गाडी भाडा तिरेर एक वर्षमा १० लाख ५८ हजार चार सय रुपैयाँ खर्च गरिएको छ। २०८० जेठ १७ गते नगरप्रमुखको प्रयोजनको लागि भनेर दैनिक ६५ सयका दरले सवारी भाडा तिर्ने गरी २९ हजार २५० रुपैयाँ खर्च गरिएको छ।
२०६९ माघ १० गते नगरप्रमुखको प्रयोजनकै लागि भनेर २९ हजार २५० रुपैयाँ खर्च गरिएको थियो। सोही वर्षको फागुन १९ गते सोही शिर्षकमा २३ हजार चार सय रुपैयाँ खर्च गरिएको छ। २०८० बैशाख १९ गते नगरप्रमुखकै प्रयोजन शिर्षकमा थप ४० हजार ९५० रुपैयाँ खर्च गरिएको छ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया