खरमजुर संरक्षण गर्न समुदायमा सचेतना

  शुक्रबार ३२, जेठ २०८१ १०:५३

धनगढी । अतिसङ्कटापन्न खरमजुर संरक्षणका लागि स्थानीयस्तरमा सचेतना फैलाउन थालिएको छ । दुर्लभ खरमजुरको अनुगमनसहित संरक्षणका लागि ज्ञान फैलाउने उद्देश्यले कञ्चनपुरको दक्षिणी क्षेत्रमा सचेतनामूलक कार्यक्रम गर्न थालिएको हो । 

विगतमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै खरमजुर बस्ने गरेको तथ्याङ्क थियो तर नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) ले सन् २०१४ र २०१५ मा गरेको अध्ययनले प्रजनन नगर्ने मौसममा खरमजुर बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडीका खेतबारी र दोदा नदी किनारको घाँसे मैदानमा आउने गरेको तथ्य पु्ष्टि गरेको छ । 

जाडोयाममा दुर्लभ खरमजुर निकुञ्जबाहिर रहेको कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित विभिन्न ठाउँमा पुग्ने गरेकाले सो क्षेत्रमा संरक्षण सचेतना फैलाउने कार्य भइरहेको चराविद् हिरूलाल डङ्गौराले बताए । 

उनले भने, “ब्रिडिङ सिजनमा खरमजुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जान्छन् तर ननब्रिडिङ सिजनमा दक्षिणी क्षेत्रको खेतसम्म आउने गरेका छन् ।   

clock शुक्रबार ३२, जेठ २०८१ १०:५३

प्रतिक्रिया