धनगढीका २ होटलमा प्रहरीले छापा

  बिहिबार ३१, जेठ २०८१ १५:१४

धनगढी । धनगढीका २ होटलमा प्रहरीले छापा हानेको छ। धनगढी उपमहानगरपालिका ८ धनगढी गाउँ स्थित संजिव होटेल र चौराहस्थित बुढीनन्दा होटलमा छापा हानिएको हो।

बुधबार वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले छापा हान्दा ती होटलबाट अनैतिक क्रियाकलापमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ।

clock बिहिबार ३१, जेठ २०८१ १५:१४

प्रतिक्रिया