धनगढीले उठायो झण्डै २८ करोड राजश्व

  बिहिबार ३१, जेठ २०८१ ०६:५६

धनगढी । धनगढी उपमहानगरपालिकाले आफ्नो आम्दानी बढाउँदै गएको छ । करका दायरा फराकिलो गर्दै उपमहानगरपालिकाले आफ्नो आन्तरिक आय बढाएको हो । लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भए अनुसार उपमहानगरपालिकाको आन्तरिक आम्दानी झण्डै २८ करोड पुगेको छ । लेखा परिक्षण अनुसार २०७९/८० मा धनगढी उपमहानगरको आम्दानी २७ करोड ९२ लाख ४७ हजार ६ सय ४९ रुपैयाँ ५८ पैसा पुगेको छ । 

बिगतका बर्ष भन्दा उपमहानगरपालिकाले २२ दशमलव ८४ प्रतिशत बढाएको छ। आर्थिक बर्ष २०७८/७९ मा २२ करोड १९ लाख २२ हजार ५ सय २ण् रुपयाँ आन्तरिक आम्दानी रहेको उपमहानगरले गत आर्थिक बर्षमा ५ करोड ७३ लाख २५ हजार १ सय २९ रुपयाँ बढाएर २७ करोड ९२ लाख ४७ हजार ६ सय ४९ रुपैयाँ ५८ पैसा पुगाएको छ ।

उपमहानगरपालिकाले गत आर्थिक वर्षमा धनगढीले एकीकृत सम्पत्ति र घर–जग्गा करबाट चार करोड नौ लाख २८ हजार तीन सय ३२, घर–जग्गा बहाल करबाट पाँच करोड ८७ लाख ३८ हजार नौ सय दुई रुपैयाँ २० पैसा, व्यवसाय करबाट तीन करोड ६३ लाख २२ हजार ९५, बहाल विरौटी शुल्कमा सात लाख २ हजार २ सय ८०, साना सवारी करबाट १० लाख ४६ हजार तीन सय ५० रुपैयाँ आम्दानी गरेको छ। यस्तै, सरकारी सम्पत्ति बिक्रीबाट २ लाख ३२ हजार नौ सय ३१ रुपैयाँ, अन्य सेवा शुल्क वा बिक्रीबाट एक करोड २७ लाख ७० हजार सात सय ८१ रुपैयाँ सङ्कलन भएको छ।

शिक्षा क्षेत्रको आम्दानी १४ लाख ७५ हजार तीन सय ८५, पाकिङ्ग शुल्कबाट ६४ लाख ५३ हजार नौ सय ९८, नक्सापासबाट २ करोड ९८ लाख २७ हजार पाँच सय १२, सिफारिस दस्तुरबाट २ करोड नौ लाख तीन हजार आठ सय ३२, व्यक्तिगत घटना दर्ताबाट १४ लाख २ हजार ६ सय ४०, नाता प्रमाणितबाट चार लाख ८३ हजार ६ सय ४०, अन्य दस्तुरबाट ७४ हजार, न्यायिक दण्डबाट ७७ हजार एक सय ७९, प्रशासनिक दण्डबाट १० लाख ४८ हजार चार सय ४४, अन्य राजस्वबाट पाँच करोड ८० लाख ६३ हजार तीन सय ५५ रुपैयाँ २६ पैसा र सरकारी सम्पत्तिको बाहालबाट ८७ लाख ६२ हजार पाँच सय ९२ रुपैयाँ आम्दानी भएको छ।

धनगढी उपमहानगरपालिकाले २६ करोड ८८ लाख ४६ हजार आन्तरिक आम्दानीको लक्ष्य राखेकोमा २७ करोड ९२ लाख ४७ हजार ६ सय ४९ रुपैयाँ सङ्कलन गरेको हो।

clock बिहिबार ३१, जेठ २०८१ ०६:५६

प्रतिक्रिया