बैतडीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

  बिहिबार ३१, जेठ २०८१ ०६:५२

बैतडी । बैतडीमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । पाटन नगरपालिका–४ चिल्लेपानीका ६५ वर्षीय प्रताप सिंह ऐरीको कुटाइबाट उनकी श्रीमती ६० वर्षीया सुना ऐरीको मृत्यु भएको हो । 

मंगलबार दिउँसो ३ बजेको समयमा घरयासी विवाद भएको र सोहीक्रममा श्रीमानको कुटाइबाट गम्भिर घाइते भएकी सुनाको बुधबार उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । 

श्रीमानको कुटपिटबाट गम्भिर घाइते भएकी सुनालाई उपचारका लागि मंगलबार जिल्ला अस्पताल बैतडी लगिएको थियो । जिल्ला अस्पताल बैतडीले डडेल्धुरा रेफर गरेको थियो । 

उपचारकै क्रममा डडेल्धुरा अस्पतालमा बुधबार अप्रान्ह करिब ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरिक्षक खेमबिक्रम केसीले जानकारी दिनुभयो । 

सुनाको खुट्टा, ढाड र टाउकोमा गम्भिर चोट लागेको थियो । श्रीमतीको हत्या गर्ने श्रीमान ऐरी प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock बिहिबार ३१, जेठ २०८१ ०६:५२

प्रतिक्रिया