बेहडाबाबा मन्दिरमा मदिरा, प्लाष्टिक र सूर्तीजन्य पदार्थ बिक्रीवितरणमा निषेध

  बुधबार ३०, जेठ २०८१ ११:२७

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित बेहडाबाबा मन्दिर क्षेत्रमा मदिराजन्य, प्लाष्टिकजन्य सूर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न निषेध गरिएको छ।

धनगढी उपमहानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बेहडाबाबा मन्दिरमा असार १ देखि ५ गतेसम्म गंगादशहरा पर्वको अवसरमा धार्मिक मेला लाग्ने भएकाले मेला अवधिभर चार किल्ला भित्रको क्षेत्रमा मदिराजन्य पदार्थ बिक्रीवितरण गर्न निषेध गरिएको जनाएको हो।

साथै मेला क्षेत्रमा प्लाष्टिकजन्य झोला, फुलमाला, ध्वजा पटाका र सूर्तिजन्य पदार्थ आदि प्रयोग एवं बिक्री वितरण गर्न समेत निषेध गरिएको उक्त सूचनामा उल्लेख छ। सूचनाको कोहीकसैले बर्खिलाप गरेमा कानून बमोजिम कारबाही गरिने पनि उपमहानगरपालिकाले जनाएको छ।

clock बुधबार ३०, जेठ २०८१ ११:२७

प्रतिक्रिया