''लर्न टुडे, लिड टुमारो'' नाराका साथ ''एसपीए एक्सपो'' आयोजना हुने

  मङ्गलबार २९, जेठ २०८१ ०७:३५

धनगढी । सुदूरपश्चिमकै पहिलो एनएमएसटी स्मार्ट स्कुल एसपिए कलेजले ’लर्न टुडे, लिड टुमारो’ नाराका साथ २ दिने ’एसपीए एक्सपो’ आयोजना गर्ने भएको छ। 

कलेजले एसइई दिएर बसेका विद्यार्थीहरू लागि सञ्चालन गर्न लागेको उक्त प्रदर्शनी कार्यक्रम यही जेठ ३१ र ३२ गते आयोजना गर्ने भएको हो। 

कलेजका माध्यमिक तह कार्यक्रम संयोजक उषा शाहुका अनुसार एसपीए एक्सपोमा  विद्यार्थीहरूले आफूसँग भएको कुनै पनि कला, प्रतिभा, क्षमता, विज्ञान, सूचना–प्रविधिमा आधारित कौशल समेत प्रदर्शन गर्न सक्नेछन्। 

धनगढी–२ सन्तोषी टोलमा अवस्थित कलेज परिसरमा बिहान ७ः३० बजेबाट सुरु हुने एक्सपोमा सहभागी हुन विद्यार्थिहरुका लागि कलेजले अनलाइन दर्ता समेत खुला गरेको शाहुले जानकारी दिइन्। 

clock मङ्गलबार २९, जेठ २०८१ ०७:३५

प्रतिक्रिया