सुदूरपश्चिम सहित देशभरी कस्तो रहला दिनभरको मौसम ?

  मङ्गलबार २९, जेठ २०८१ ०७:१४

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।

हाल कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली भई कोशी प्रदेशको एकदुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । 

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सदूररपश्चिम प्रदेशको थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

त्यस्तै राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

clock मङ्गलबार २९, जेठ २०८१ ०७:१४

प्रतिक्रिया