धनगढीका दुई कुखुरा फार्ममा आगलागी हुँदा १३ लाखको क्षति

  मङ्गलबार २९, जेठ २०८१ ०७:०५

धनगढी । धनगढीमा दुईओटा  कुखुरा फार्ममा आगलागी भएको छ। धनगढी उप–महानगरपालिका–१२ स्थित जुगेडा ‘डी’ गाउँका स्थानीय किसान गगन खत्रीको कुुखुरा फार्ममा आगलागी भएको हो।

१२ सय र २ हजार कुखुरा अट्ने क्षमताका दुईवटा कुखुरा फार्ममा आगो लागेको फर्मका सञ्चालक गगन खत्रीले बताए। ‘कुखुरा आज आउनेवाला थियो तर आईनपुगेकाले बचिहाल्यो, तर भित्र राखेका पम्पहरु, फ्यानहरु, औषधी, भाँडाकुँडा लगायत सबै सामानहरु जलेर नष्ट भएका छन्’ उनले भने।

दुई वटा कुखुराका फार्म, खोर तथा भित्र राखेका सामानसहित अनुमानित १३ लाख बराबरको क्षति भएको फार्मका सञ्चालक खत्रीले बताए।  प्रहरी, स्थानीय तथा नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिएको छ। आगलागीको कारण नखुलेको र प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

clock मङ्गलबार २९, जेठ २०८१ ०७:०५

प्रतिक्रिया