झोलुङ्गे पुल चुँडिएपछि खिड्कीजिउलामा १५ खच्चर च्यापिए, ८ खच्चरको सकुशल उद्धार

  आइतबार २७, जेठ २०८१ १५:२१

अछाम । अछामको  पञ्चदेवल नगरपालिका–९ कालेकाँडा र दैलेखको आठवीस नगरपालिका–४ खिड्कीजिउला जोड्ने पुल चुँडिएपछि आवतजावत बन्द भएको छ।

आइतबार पुल चुँडिएकोपछि आवतजावत अवरुद्ध भएको हो। प्रहरीका अनुसार पुलको लठ्ठा चुँडिएपछि ढुवानीको सामान बोकेका १५ वटा खच्चर पुलमा च्यापिएका छन्। खच्चड अछामका जोरे रोकामगर र राजेन्द्र बोहराका हुन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले उद्दारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पठाइएको बताए। उनले राकमबाट पठाइएको टोली घटनास्थलमा पुगिसकेको छैन।

८ खच्चरको सकुशल उद्धार

 दैलेख र अछामको सिमा क्षेत्रको झोलुङ्गे पुलमा करिब ४ घण्टादेखि अडकिएका १४ खच्चरमध्ये ८ खच्चरको सकुशल उद्धार भएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका ९ बाट दैलेखको आठबिस नगरपालिका ४ खिड्कीज्युला बजारमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न जाँदै गर्दा झोलुङ्गे पुलको लठ्ठा चुँडिदा पुलमै अडकिएका खच्चरमध्ये ८ वटाको उद्धार भएको हो । 

आइतबार बिहान करिब साढे नौ बजेदेखि अडकिएका ७ खच्चडलाई पुलको जाली काटेर खोलामा झारेर उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

‘अडकिएकामध्ये एक खच्चरको बिहानै उद्धार भएको थियो । बाँकी १३ खच्चरमध्ये ७ खच्चरलाई पुलको एकातर्फको जाली काटेर खोलामा झारेर उद्धार गरेका छौँ’, भुसालले थपे, ‘दुवै जिल्लाका सुरक्षा प्रमुख र स्थानीयको रोहबरमा खोलामा डुंगा राखेर खच्चड झारेर उद्धार गरिएको हो ।’

जालीमा खुट्टा अडकिएर जटिल अवस्थामा रहेका ६ खच्चडको कसरी उद्धार गर्ने भन्ने विषयमा छलफल जारी रहेको उनले बताए । 

clock आइतबार २७, जेठ २०८१ १५:२१

प्रतिक्रिया