कैलालीको हाटखोलीमा डुबेर डडेल्धुराका पन्तका युवकको मृत्यु

  शुक्रबार २५, जेठ २०८१ १८:०३

कैलाली । कैलालीको गोदावरी नगरपालिका–८ स्थित हाटखोलीको नदीमा डुबेर एक युवाको ज्यान गएको छ ।


डडेल्धुराका अमरगढी नगरपालिका–२ कारीगाउँका २५ वर्षीय प्रतिक पन्तको कालाखोला भन्ने स्थानमा डुबेर ज्यान गएको हो।

शुक्रवार गर्मीका कारण आफ्ना थप ५ जना साथी बोकेर उनी नदीमा नुहाउन गएका थिए।


अहिले उनको शव निकालिएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

clock शुक्रबार २५, जेठ २०८१ १८:०३

प्रतिक्रिया