धनगढीमा मामाको ‘ट्रायल’ दिने भान्जा पक्राउ

  शुक्रबार २५, जेठ २०८१ ०८:०४

धनगढी । कैलालीमा मोटरसाइकलको ट्रायल परीक्षामा नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन्। बिहीबार धनगढीको ट्रायल सेन्टरबाट मामाको नाममा ट्रायल परीक्षा दिने भान्जा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ७ का आशिष कठायत रहेका छन्। उनी आफ्ना मामा पदम कडायतको ट्रायल दिन परिक्षास्थलमा पुगेका थिए।

मोटरसाईकलको ट्रायल भइरहेको बेला ट्राफिक प्रहरीले चेक गर्दा उनी पक्राउ परेका हुन्। उनलाई थप अनुसन्धानमा लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको जनाइएको छ।

clock शुक्रबार २५, जेठ २०८१ ०८:०४

प्रतिक्रिया