कञ्चनपुर कारागारका कैदी होटलमा मदिरा पिरहेको अवस्थामा फेला

  बिहिबार २४, जेठ २०८१ २०:४७

धनगढी । कञ्चनपुर कारगारका एक जना कैदी र एक जना प्रहरी कर्मचारी होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका छन्।

कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन नाथ, प्रहरी हवल्दार रामसिं धामी  र कारागारका कर्मचारी जीवन पन्त मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका हुन्। 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता उमेशराज जोशीले बताए।

clock बिहिबार २४, जेठ २०८१ २०:४७

प्रतिक्रिया