सुदूरपश्चिमका सात पहाडी जिल्लामा अन्धकार
डडेल्धुरा । ३२ केभी विद्युत् लाइन बिग्रिएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला अन्धकार बनेका छन् । विद्युतबाट हुने सबै काम ठप्प हुँदा जनजीवन कष्टकर बनेको छ ।
हिजो बेलुकीपख चलेको हावाहुरीका कारण कैलालीको अत्तरिया ग्रिडबाट पहाडका सात जिल्लामा प्रवाह हुने ३२ केभी लाइनमा असर पुग्दा विद्युत् आपूर्ति बन्द भएको बताइएको छ ।
राति बिग्रेकाले कुन ठाउँमा लाइन बिग्रिएको पत्ता लगाउन नसकिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रमेश अवस्थीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ३२ केभी लाइनको अत्तरियादेखि माथि पहाडतिर ४० किलोमिटरको आसपासमा समस्या देखिएको छ । सो क्षेत्र अत्तरिया ग्रिडको हो ।
प्रतिक्रिया