कैलाली र कञ्चनपुरबाट एकैदिन ८ लाख बढीका सामान बरामद

  बिहिबार २४, जेठ २०८१ ०८:२१

धनगढी । कैलाली र कञ्चनपुरबाट एकैदिन ८ लाख बढीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिकाको नेपाल भारत सिमाना नजिक र त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ७ लाख ५० हजार ४२० मूल्यको सामान बरामद गरिएको हो। 

उक्त मूल्य राबरको प्याज, चिनी, बिडी, सुर्ती, प्लाष्टिक झिल्ली, मोबाईलका बिभिन्न पार्ट पुर्जा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट बुधवार खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

उता कञ्चनपुरको बिभिन्न स्थान बेलौरी नगरपालिका-१ फटैया र पुनर्वास नगरपालिका-४ हनुमान चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ७० हजार ६ सय मूल्य बराबरको सामान बरामद गरिएको छ। 

कञ्चनपुरबाट मैदा, बिडी, लेडिज सुट, कुलर मेशिन, पेय पदार्थ, अण्डा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको जनाएके छ।

clock बिहिबार २४, जेठ २०८१ ०८:२१

प्रतिक्रिया