कैलालीमा नालामा डुबेर मनिषाको मृत्यु

  बिहिबार २४, जेठ २०८१ ०७:४५

धनगढी । कैलालीको घोडाघोडीमा नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका–६ व्यबस्थितनगरकी ८ वर्षीया मनिषा बिकको नालामा डुबेर मृत्यु भएको हो।

उनको सोही पालिकाको झिङ्गेझाला नालामा नुहाउँने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखड्ले जनाएको छ।

clock बिहिबार २४, जेठ २०८१ ०७:४५

प्रतिक्रिया