कैलालीमा मोटरसाइकल दुर्घटनामा तिरुवाको मृत्यु, अवरुद्ध राजमार्ग खुल्यो

  बुधबार २३, जेठ २०८१ १५:४४

धनगढी । कैलालीमा मध्यरातमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

जिल्लाको  घोडाघोडी नगरपालिका–४ भालुफाँटा स्थित पूर्व–पश्चिम राजमार्गमा म।प्र।०३–००२ ख ००११ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ का २३ वर्षीय कमल तिरुवाको मृत्यु भएको हो ।

ट्रक र मोटरसाइकल मङ्गलवार राति करिब ११ः५५ बजेको समयमा एक आपसमा ठोक्किएका थिए । उक्त दुर्घटनामा गम्भीर घाइते भएका  तिरुवाको राति नै उपचारको क्रममा धनगढीमा स्थित एक निजी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

बिहान स्थानीयहरूले आन्दोलन गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । अहिले उक्त सडक सुचारु भइसकेको इलका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्र कुमार पालले जानकारी दिए ।

उक्त दुर्घटनाहरू भन्दा अघिल्लो रात पनि सोही ठाउँ नजिकै स्थानीय नरबहादुर धामीको दुर्घटनामा पनि मृत्यु भएको थियो ।

clock बुधबार २३, जेठ २०८१ १५:४४

प्रतिक्रिया