कञ्चनपुरमा महेन्द्र राजमार्गमा पर्ने संरचना खाली गरिदै

  बुधबार २३, जेठ २०८१ १०:५४

कञ्चनपुर । कञ्चनपुरमा महेन्द्र राजमार्गमा पर्ने संरचनाहरू खाली गरिदैछ। जिल्लाको शुक्लाफाँटा नगरपालिका क्षेत्रको राजमार्गमा पर्ने संरचनाहरू हटाउन थालिएको हो।

सडक डिभिजन कार्यालय, महेन्द्रनगरका प्रमुख हरि सुवेदीका अनुसार महेन्द्र (पूर्व–पश्चिम) राजमार्गको २५ मिटर दायाँ र २५ मिटर बायाँ भौतिक संरचनाहरू खाली गर्न थालिएको हो। शुक्लाफाटा नगरपालिकासँगको समन्वयमा सडक क्षेत्रमा निर्माण गरिएका निजी संरचना भत्काउन डोजरको प्रयोग गरिएको हो।

सुवेदीका अनुसार कञ्चनपुर र कैलालीको विभिन्न क्षेत्रमा सडकको क्षेत्राधिकार भित्र निजी भौतिक संरचनाहरू निर्माण गरिएका छन्। नागरिकले सडकमा भौतिक संरचना निर्माण गरेर बसोबास तथा व्यापार गर्दै आएका हुन्। 

सडक क्षेत्रमा रहेका भौतिक संरचना खाली गर्न सडक डिभिजन कार्यालय, महेन्द्रनगरले सूचना सार्वजनिक गर्दै आएको थियो। तर, निजी भौतिक संरचनाहरू खाली नभएपछि स्थानीय तहहरूको समन्वयमा डोजर प्रयोग गरेर खाली गर्ने काम हुँदै आएको छ।

clock बुधबार २३, जेठ २०८१ १०:५४

प्रतिक्रिया