चट्याङ लागेर अछाममा एक बालक घाईते

  सोमबार २१, जेठ २०८१ ०८:१२

अछाम । चट्याङ लागेर अछाममा एक बालक घाईते भएक छन्। 

कमलबजार नगरपालिका–९ सिद्देखेतको बिष्णुप्रशाद जैशीको घरमा चट्याङ लागेर उनकै ११ वर्षीय छोरा नारायण जैशी घाइते भएका छन्।

ती बालकको स्थानिय मष्टा बण्डाली स्वास्थ्य चौकीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

जैशीको घरमा चट्याङ लागेर घर गोठमा बाधेका १ ओटा भैसी २ ओटा बाख्रासमेत मरेका छन्। २ ओटा बाख्रा घाईते भएका छन्।

आइतवार राति १०ः४५ बजेको समयमा जैशीको घरमा चट्याङ लागेको अछाम प्रहरीले बताएको छ।

clock सोमबार २१, जेठ २०८१ ०८:१२

प्रतिक्रिया