धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटै फर्काइयो

  आइतबार २०, जेठ २०८१ १०:१२

काठमाडौं । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुनः पार्किङमा फर्काइएको छ ।

श्री एयर धनगढीका ईञ्चार्ज गजेन्द्र शाहीले  एसएचए २२१ उडान नम्बरको ९ एनएएनएस जहाज धावनमार्ग फर्काइएको बताए । 

प्राबिधिक कारणले उड्नु अघि नै जहाज पार्किङमा फर्काइएको बताईएको छ ।

जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको स्रोतले जनाएको छ ।

विमानस्थलको तालिका अनुसार जहाज काठमाडौं बाट ८:२५ मा उडिसक्नु पर्ने थियो । 

उक्त जहाजमा रहेका यात्रुहरुलाई अर्को जहाजबाट धनगढी पठाउने तयारी भईरहेको श्री एयरले जनाएको छ ।

clock आइतबार २०, जेठ २०८१ १०:१२

प्रतिक्रिया