धनगढीमा एक पुरुष मृत अवस्थामा फेला

  आइतबार २०, जेठ २०८१ ०९:२६

धनगढी । कैलालीको धनगढीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

धनगढी उपमहानगरपालिका–१३ राजपुर स्थित दाना फ्याक्ट्री अगाडि नामरथर नखुलेको भारतीय मुलको जस्तो देखिने अन्दाजी ४०/४२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
 
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ।

clock आइतबार २०, जेठ २०८१ ०९:२६

प्रतिक्रिया