डडेल्धुरामा मिनी ट्रक दुर्घटना, सहचालकको मृत्यु

  आइतबार २०, जेठ २०८१ ०९:२१

डडेल्धुरा । डडेल्धुरामा मिनी ट्रक दुर्घटना भएको छ।

गएराति ११ बजे अमरगढी नगरपालिका–१ मा बागमती प्रदेश ०१००४ क २२५३ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा सोही ठाउँ बस्ने सहचालक २२ वर्षीय केशब ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक दिपककुमार कार्कीले जानकारी दिए।

ट्रकमा चालक र सहचालक गरी २ जना सवार रहेका थिए। कार्कीका अनुसार सहचालक केशबको मृत्यु भएको छ भने चालक ३२ वर्षीय रामबहादुर ऐर भने अहिलेसम्म सम्पर्क विहीन रहेका छन्।  

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरु अमरगढी नगरपालिका(१ को कालिका निमार्ण सेवाबाट काम गरेर घर फर्कीरहेका थिए।  

clock आइतबार २०, जेठ २०८१ ०९:२१

प्रतिक्रिया