कञ्चनपुरको सिसैयामा टिप्परको ठक्करबाट युवकको मृत्यु

  आइतबार २०, जेठ २०८१ ०६:५०

कञ्चनपुर । कञ्चनपुरमा टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–६ सिसैयामा टिप्परको ठककरबाट सोही ठाउँकै युवकको मृत्यु भएको हो।

शनिबार साँझ पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत बेदकोट नगरपालिका–६ सिसैयामा टिप्परको ठक्कर दिदा काले कामीको निधन भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महेन्द्रनगरदेखि धनगढी तर्फ गईरहेको सुपप्र ०२०११क५१४ नम्बरको टिप्परले ठक्कर दिदा बेदकोट नपा ६सिसैयाकै ५०वर्षीय कामीको निधन भएको प्रहरीले जनाएको छ।

प्रहरीले चालक नियन्त्रणमा रहेकाले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ ।

clock आइतबार २०, जेठ २०८१ ०६:५०

प्रतिक्रिया