नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा क्युआर मर्चेन्टलाइ सम्मान

  शनिबार १९, जेठ २०८१ २१:१६

धनगढी । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले फोन पे क्युआर मर्चेन्टलाइ सम्मान गरेको छ । शनिवार धनगढी  स्थित होटल रुबस मा आयोजित एक समारोहका  बिच रोस्यो हस्पिटालिटि प्राइभेट लिमिटेड र धनगढी टायर हाउस लाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको क्युआर मार्फत आफ्नो सस्थामा कारोबार गरि डिजिटल बैंकिग प्रणालीलाइ प्रबर्द्धनमा योगदान गरेको भन्दै सम्मान गरिएको छ। 

सम्मान ग्रहण गर्दै रोस्यो हस्पिटालिटि प्राइभेट लिमिटेडको व्यवस्थापक श्री हरि बस्नेत र धनगढी टायर हाउस को प्रोपेराइटर श्री ईश्वर खड्का ले बिगत लामो समयदेखि  नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको ग्राहकको रुपमा कारोबार गर्दा हालसम्म बैंकले प्रदान गर्ने सम्पुर्ण सेवा सुबिधामा सहज भएको र अहिलेको युग प्रबिधिकै युग भएकोले आगामी दिनमा डिजिटल कारोबारलाइ अझै बढाउदै लैजाने र बैंकले सम्मान गरेकोमा खुसि व्यक्त गर्नुभयो । 

उक्त  कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका सम्पत्ति ,दायित्व एवं मार्केटिङ ब्यबस्थापन  प्रमुख जेनु थापा,  डिजिटल बैंकिग बिभाग प्रमुख   बिश्व सिंह, धनगढी प्रदेश प्रमुख तारा नाथ लम्साल, मार्केटिङ म्यानेजर सृजना न्यौपाने बस्नेत, डिजिटल  बैंकिग बिभागका पशुपति सुवेदी, आशिष गजुरेल र धनगढी प्रदेश अन्तर्गत रहेका विभिन्न  शाखाका शाखा प्रमुख तथा विभिन्न कर्मचारीहरुको सहभागीता उल्लेखनीय उपस्थिति रहेको बैंकका धनगढी प्रदेश रिलेसनशिप अफिसर श्री टेक राज जोशीले जानकारी दिनुभयो ।

clock शनिबार १९, जेठ २०८१ २१:१६

प्रतिक्रिया