कञ्चनपुरको बेलौरीमा बेहोस भएका युवाको धनगढीमा मृत्यु

  शनिबार १९, जेठ २०८१ १७:१०

धनगढी । कञ्चनपुरका एक युवकको धनगढीमा मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका– ४ का ३२ वर्षीय निमेष लम्सालको धनगढीको सेती अस्पतालमा मृत्यु भएको हो।

प्रहरीका अनुसार उपचारका क्रममा उनको शनिवार मृत्यु भएको हो। उनी शुक्रवार बेलौरी बजारमा बेहोस अवस्थामा फेला परेका थिए। बिहानै घरबाट साइकल लिएर निस्केका उनी ढलेको अवस्थामा देखेपछि स्थानीयले नजिकैको अस्पतालमा लगेका थिए। तर त्यहाँको अस्पतालले उनलाई रेफर गरेको थियो।

त्यसपछि आज उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। मृतक स्वास्थ्यकर्मीसमेत थिए।

clock शनिबार १९, जेठ २०८१ १७:१०

प्रतिक्रिया