बझाङमा यार्सा टिप्न गएका युवकको हिउँमा चिप्लेर मृत्यु

  शुक्रबार १८, जेठ २०८१ १०:२९

बझाङ । यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ। जिल्लाको सुर्मा गाउँपालिका–५ सैनगाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको हिउँमा चिप्लेर बिहीबार बिहान मृत्यु भएको हो। 

बुधबार श्रीमतिसहित यार्सा संकलनका लागि घरबाट हिँडेका बोहरा बिहीबार बिहान ५ बजे धौलढुंगा पुगेका बोहरा एक्कासी हिउँमा चिप्लेको स्थानीय दिपेश दमाईले जानकारी दिए। 

उनीहरू दुई साना छोरा छिमेकीलाई छाडेर यार्सा संकलनका लागि निस्केका थिए। बझाङमा अहिले यार्सा संकलनको सिजन चलिरहेको छ।

clock शुक्रबार १८, जेठ २०८१ १०:२९

प्रतिक्रिया