कैलालीमा अदालतबाटै थुनुवा हतकडीसहित भागेपछि...........

  शुक्रबार १८, जेठ २०८१ ०८:१०

धनगढी । कैलालीको धनगढीमा एक थुनुवा प्रहरीकै निगरानीबाट भागेका छन्। बिहीबारअदालत क्षेत्रबाट कैलाली प्रहरीको हिरासतमा रहेका थुनुवा भागेका हुन्।

जिल्लाको टीकापुर नगरपालिका १ बस्ने वर्ष २१ को योगेश कठरियालाई जिल्ला अदालतमा म्याद थपका लागि लगिएकोमा त्यहीँबाट भागेका हुन्। स्रोतका अनुसार उनी प्रहरीको निगरानीबाट हतकडीसहित भागेर अटोमै बसेका थिए।

त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर पुनः थुनामै राखेको जनाएको छ। लागुऔषध मुद्दामा प्रतिवादी उनलाई हिजो म्याद थप गर्न अदालत लगिएको समयमा भाग्न खोजेका थिए।

clock शुक्रबार १८, जेठ २०८१ ०८:१०

प्रतिक्रिया