धनगढीबाट उडेको जहाज भैरहवा पुगेपछि .......

  बिहिबार १७, जेठ २०८१ २१:२९

धनगढी । धनगढीबाट काठमाडौं लागि उडेको श्री एयरको जहाज काठमाण्डौं अवतरण हुन नसकेपछि भैरहवामा अवतरण गरिएको छ ।

खराव मौसमका कारण काठमाडौं बिमानस्थलमा अवतरण गर्न नसकिएपछि धनगढीबाट उडेको जहाज त्यहाँबाट फर्केर भैरहवा बिमानस्थलमा अवतरण गरिएको हो ।

साँझ ६ बजे धनगढीबाट उडेको जहाज काठमाडौंको आकाशबाट फर्केर करीव ७स्१५ भैरहवा बिमानस्थलमा अवतरण भएको श्री एयरले जनाएको छ ।

जहाजमा ७२ जना यात्रु रहेको र सबै सकुशल रहेको बताईएको छ ।

मौसममा सुधार आएपछि जहाज पुनः काठमाडौँ उड्ने चालक दलका सदस्यले बताएको जहाजमा यात्रारत साहित्यकार नवराज लम्सालले बताए ।

clock बिहिबार १७, जेठ २०८१ २१:२९

प्रतिक्रिया