गौरीफन्टा सीमा क्षेत्रमा एक युवतीको शव फेला

  बिहिबार १७, जेठ २०८१ २१:२२

धनगढी । नेपाल–भारत सीमाको गौरीफन्टा क्षेत्रमा एक नेपाली युवतीको शव फेला परेको छ। 

कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजार नजिक भारतीय भूमिमा बिहिवार एक नेपाली युवतीको शव फेला परेको हो।

उनको केही दिन अगाडी मृत्यु भएको हुन सक्ने भारतीय प्रहरीले बताएको छ। 

उनको परिचय खुलेको छैन। भारतीय भूमिमा शव फेला परेकाले भारतीय प्रहरीले अनुसन्धान गर्दै छ।

clock बिहिबार १७, जेठ २०८१ २१:२२

प्रतिक्रिया