धनगढीमा बुधवार २८ वर्षपछि उच्च तापक्रम मापन

  बिहिबार १७, जेठ २०८१ ११:४८
फाईल फोटो

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा बुधवार २८ वर्षपछि उच्च तापक्रम मापन गरिएको छ। धनगढीमा बुधवार ४३ दशमलव ३६ डिग्री तापक्रम मापन गरिएको छ।

मङ्गलवार अधिकतम तापक्रम ४२ डिग्री र न्यूनतम तापक्रम २९ दशमलव ५ डिग्री मापन गरिएको थियो। बुधवार साँझ ५ बजेर ४५ मिनेटमा ४३ दशमलव ३६ डिग्री मापन गरिएको हो।

जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बुधवार धनगढीको तापक्रम २८ वर्षपछि उच्च मापन भएको हो। जेठ ५ गते कैलालीको तापक्रम ४२ दशमलव १ डिग्री पुगेको थियो। गत जेठ ५ गतेको न्यूनतम तापक्रम २७ डिग्री मापन गरिएको छ।

गत शनिवार कैलालीको तापक्रम ४१ डिग्री र न्यूनतम तापक्रम २७ दशमलव ४ डिग्री मापन गरिएको थियो। गत वर्ष धनगढीको उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो।

clock बिहिबार १७, जेठ २०८१ ११:४८

प्रतिक्रिया