डोटीमा होटेलसहितका घरहरूमा आगो लाग्दा ४० लाखको क्षति

  बिहिबार १७, जेठ २०८१ ११:०२

धनगढी । डोटीमा होटेलसहितका घरहरूमा आगलागी हुँदा ४० लाखको क्षति भएको छ। जिल्लाको पूर्विचौकी गाउँपालिका–१ साँझघाटमा दिलबहादुर खड्काको दुई तले चार कोठे टिनले छाएको घर, पसल र विष्णुबहादुर खड्काको तीन तले छ कोठे टिनले छाएको होटेलमा आगलागी भएको हो।

विद्युतक तार सर्ट भई आगलागी हुँदा घर, पसल भित्र रहेका नगद, लत्ताकपडा, खुद्रा सामान, कस्मेटिक, भाँडावर्तन, बाकसमा रहेका कागजपत्रहरू, फर्निचर, काउण्टर , ग्यास चुलो, फ्रिज, एलइडी टिभी, काठको दराज लगायतका सामनहरू गरी अन्दाजी ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भने भएको छैन। प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।

clock बिहिबार १७, जेठ २०८१ ११:०२

प्रतिक्रिया