कैलालीको घोडाघोडीमा सर्पले टोक्दा एक बालकको मृत्यु

  बिहिबार १७, जेठ २०८१ ०८:०६

धनगढी । कैलालीमा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–५ का  १२ वर्षका तेज कुवरलाई सर्पले घरको आगनमा बाँया खुुट्टामा टोकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनलाई उपचारकालागि सेती प्रादेशिक अस्पतालमा पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए।
 

clock बिहिबार १७, जेठ २०८१ ०८:०६

प्रतिक्रिया