बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, आठजना घाइते

  बिहिबार १७, जेठ २०८१ ०८:०३

बैतडी । बैतडीमा भुवन टमट्टाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०० नम्बरको जिप दुर्घटना भएको छ।

गोठालाापानीबाट झुलाघाटतर्फ जाँदै गरेको जिप दशरथचन्द नगरपालिका–१० को बाराकोट भन्ने स्थानमा दुर्घटनामा परेको हो। 

उक्त दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। मृत्यु हुनेमा भारतको पिथौरागढकी २१ वर्षीया मीना जोशी रहेकी छन्।

यस्तै दोगडाकेदार गाउँपालिका–६ की जानकी चुनारा,दशरथचन्द नगरपालिका–६ का ललीतराम टमट्टा र भारतको पिथौरागढका किसन पोहोरा  गम्भीर घाइते भएका छन्। 

गाडीमा चालकसहित ११ जना सवार  रहेका थिए। तीन जना सामान्य घाइते भएका छन् भने दुई जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक गिरीले बताए।

घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। जिप अनियन्त्रीत भएर दुर्घटना भएको  खुल्न आएको छ। जिप सडकबाट ३० मिटर तल खसेको थियो।

clock बिहिबार १७, जेठ २०८१ ०८:०३

प्रतिक्रिया