भोड्काको मूल्य ६० रुपैयाँ बढ्यो, बियरमा कति ?

  बुधबार १६, जेठ २०८१ १३:३०

काठमाडौँ । सरकारले भोड्काको मूल्य ६० रुपैयाँ बढाएको छ। बजेटमार्फत् बियरमा प्रतिलिटर ५ रुपैयाँ कर बढाउँदा भोड्काको मूल्य ६० रुपैयाँ बढेको छ। अब बियरको अन्तशुल्क मात्रै २४० रुपैयाँ पुगेको हो। 

१७ प्रतिसम्म अल्कोहल भएको वाइनमा १६ रुपैयाँ कर बढाएको छ। १६ प्रतिशत बढी अल्कोहल भएको वाइनमा १९ रुपैयाँ कर बढेको छ। 

छ्याङमा ४३ रुपैयाँ कर लाग्दै आएकोमा अब प्रतिलिटर ४८ रुपैयाँ पुगेको छ। १५ युपि शक्तिको ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी ब्रान्डकोको मूल्य प्रतिलिटर १८ सयमा ६० रुपैयाँ बढाइएको छ। 

१५ युपि शक्तिको ४२.५ प्रतिशत अल्कोहल भएको तयारी ह्वीस्की, जीन, नजिभा, भोड्काको समेत ६० रुपैयाँ बढाएको छ। 

त्यस्तै सुर्ति भएका सिगार, सेरुट र सानो सिगारमा प्रति खिल्ला १ रुपैयाँ बढाएको छ। त्यसबाहेक सबै किसिमका चुरोट, बिंडीमा कर बढाएको छ। सुर्तिमा कम्तिमा २५ रुपैयाँ बढेको छ।  भेपमा ४० प्रतिशत कर लाग्ने व्यवस्था सरकारले गरेको छ। 

clock बुधबार १६, जेठ २०८१ १३:३०

प्रतिक्रिया