महेन्द्रनगरको होटल ओपेरामा डोजर चल्यो

  मङ्गलबार १५, जेठ २०८१ १४:५४

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित होटल ओपेरामा डोजर चलेको छ।

होटल ओपेराको विवादित स्विमिङ्ग पुल र पार्किङ क्षेत्र खाली गराउन डोजर चलाइएको भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीले बताएका छन्।

ओपेरा होटलको स्विमिङ्ग पुल र पार्किङ गरी तीन कठ्ठा क्षेत्रफल खाली गराउन डोजर चलाइएको उनले बताए। 

लिजमा लिइको सो जमिन खाली गराउन होटल ओपेराले निर्माण गरेका भौतिक संरचनामा डोजर चलेको हो। 

होटल ओपेरा खगेश्वर बोहराले सञ्चालन गर्दै आएका छन्।

clock मङ्गलबार १५, जेठ २०८१ १४:५४

प्रतिक्रिया