पूर्वन्यायाधीश गिरीले श्रीमतीलाई जबरजस्ती गरेको ठहर

  सोमबार १४, जेठ २०८१ ०८:१४

काठमाडौं । श्रीमतीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका पूर्वन्यायाधीश भुवन गिरी दोषी ठहर भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको एकल इजलासले गिरीलाई सम्बन्ध विच्छेद मुद्दा विचाराधीन रहेको अवस्थामा श्रीमतीलाई जबरजस्ती करणी गरेको मुद्दामा दोषी ठहर गरेको छ ।

दोषी ठहर भएका उनको सजाय निर्धारण जेठ २८ गतेको पेशीमा सुनाइने छ । श्रीमती आरती रावलले सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको अवस्थामा कपिलवस्तु जिल्ला अदालका न्यायाधीश गिरीले आफूलाई कोठामै रातभर बलात्कार गरेको आरोप लगाउँदै काठमाडौं अदालतमा मुद्दा दायर गरेकी हुन् ।

उनले कपिलवस्तु जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा हालेकी छन् । अदालतको आदेशपछि गिरीले आफूलाई पूर्ण न्यायको अनुभूति भएको जनाएकी छन् । सामाजिक सञ्जालमा उनले न्यायाधीश भुसाललाई हृदयदेखिको धन्यवाद दिएकी छन् ।

clock सोमबार १४, जेठ २०८१ ०८:१४

प्रतिक्रिया