फुुलवारीमा बँदेलको आक्रमणबाट एक महिला घाइते

  सोमबार १४, जेठ २०८१ ०७:५९

धनगढी । कैलालीमा बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१९ फुलवारी गाउँकी ४५ वर्षीया धनीराम चौधरी बँदेलको आक्रमणबाट घाइते भएकी हुन्।

चौधरीलाई सोहि ठाउँको भाकल सामुुदायिक वनको नर्सरीमा घाँस काट्नेक्रममा बँदेलले आक्रमण गरेको हो। 

शनिवार बँदेलको आक्रमणबाट घाइते भएकी चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

clock सोमबार १४, जेठ २०८१ ०७:५९

प्रतिक्रिया