डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाइते

  आइतबार १३, जेठ २०८१ १५:२७

डोटी । डोटीमा जिप दुर्घटना भएको छ। दुर्घटनामा परेर ६ जना घाइते भएका छन्।

शनिबार राती धनगढीबाट अछाम जाँदै गरेको से १ ज ४३२ नम्बरको जिप जिल्लाको दिपायल–सिलगढी नगरपालिका–६ कोलीनीमा दुर्घटना भएको हो।

दुर्घटनामा ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। उपचारपछि सबै जना घर गइसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

clock आइतबार १३, जेठ २०८१ १५:२७

प्रतिक्रिया